बाणगंगा, ९ असोज कपिलवस्तुको बाणगंगा वडा न.८ बोर्डगाँउमा मा दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पश्चिम बाट पुर्वतर्फ आउँदौ गरेको ना ८ ख ५३९२ नम्बरको टिप्पर र पुर्वतर्फ बाट पश्चिम तर्फ जाँदौ गरेको लु २ त ८८३५ नम्बरको ट्रयाकटर एक आपसमा ठोकिदाँ टिप्पर चालक पुर्वि नवलपरासि नवलपुर नगरपालिका वडा न.८ का बर्ष ३०का नेत्र ढकाल, ट्रयाकटर चालक बाणगंगा ७ का बर्ष ३६का चिन्ताराम थारु र सोहि ट्रयाकटरमा सवार बाणगंगा ७ का बर्ष ३५ शंकर थारु घाईते भएको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेस गुरुङ्गले जानकारी दिए । घाईतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया