ब्रेकिंग न्युज

मन्दिर संरचना भत्काउन वडा अध्यक्षले रातको २ बजे एक्स्काभेटर पठाए



न्युजकारखाना कपिलवस्तु असोज ९ गते ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ७, धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको छ । धमौली गाउँ भित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए । मध्यरातमा ठुलो आवाज आए पछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले भने । कपिलवस्तु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरिएको थियो ।
शुक्रवार दिउसो मन्दिरको संरचना तोड्न केही श्रमिक आए पछि स्थानीयले तोड्न दिएका थिएनन् । गत वर्ष नगरपालिकाले ५ लाख भन्दा बढी रकम खर्च गरी मन्दिरमा पर्खाल लगाउने र कीर्तन गर्न मार्बल लगाइएको थियो । सो कामको डिजाइन चित्त नबुझे पछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए । भत्काइएको स्थलमा छाना सहितको संरचना निर्माण गराउने योजना रहेको छ । 

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६