कपिलवस्तु ९ असोज । राष्ट्रिय यूवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले मधेसमा एमालेको वास्तविक पहिचान अवको चुनाववाट झल्कने वताउनु भएको छ । यस अघि एमालेलाई मधेस विरोधी पार्टीका रुपमा आरोपित गरिदै आएकोमा एमालेले संविधानको भावना अनुकुलको नागरिकता सम्वन्धि अध्ययादेश जारी गरेर मधेसीलाई नागरिक तुल्याउन खोजेकोले चुनावमा त्यसको नतिजा आउने दावि गर्नु भएको हो ।
उहाले यूवासंघ महाराजगंजको विशाल भेलामा बोल्दै एमालेवाट चुनाव जितेका भगौडा सांसद दिर्घ नारायण पाण्डेलाई अवको चुनाव जितेर देखाउन चुनौती समेत दिनु भयो । प्रदेश सांसद विष्णु पन्थीले बोल्दै एमाले साचो अर्थमा मधेसको पार्टी र बृहतरुपमा राष्ट्रको एकमात्र जिम्मेवार पार्टी भएको वताउनु भयो । उहाले मधेसका सदुमुकाममा वार्षिक ५० करोडको सघन शहरी विकास कार्यक्रम लागु गर्ने , भारतसंग जोडिएके सिमाको विकास गर्न सिमाक्षेत्र विकास कार्यक्रम लागु गर्ने, तराईका दलित र अल्पसंख्यकलाई बसोवास ब्यवस्था गर्न जनता आवास कार्यक्रम लागु गर्ने पार्टी मधेसको नभएर कसको हुन्छ भन्ने प्रश्न गर्नु भयो ।
यूवा भेलामा बोल्दै एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले महाराजगंजमा यूवाको उपस्थिती देखेर आफू अत्यन्तै उत्साहित भएको वताउदै अव मधेसका सामान्तको दिन गएको घोषणा गर्नु भयो । भेलामा प्रदेश सांसद अर्जुन केसीले बोल्दै महाराजगंजको चुनाव एमालेले नजिते सम्म यहाको कायापलट हुन नसक्ने ठोकुवा गर्नु भयो ।
एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनाल , यूवांघका केन्द्रिय सदस्य दिपक रौनियार , नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य हरेराम गुप्ता लगायतले शुभकामना राख्नु भएको यूवा भेला एमाले नगर अध्यक्ष निजामुद्धिन खाको अध्यक्षता र नगर सचिव शिव गैरको संचालनमा सम्पन्न भएको थियो । भेलामा करिव ७ सय यूवाको सहभागिता थियो ।
प्रतिक्रिया