जीवनशैली

१० बुँदे सहमति कार्यान्वयन :प्रेस चौतारीको पूर्ण बैठक सम्पन्न



कपिलवस्तु १० असोज । सक्रिय पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको  पुर्ण वैठक शनिवार गोरुसिंगेमा बसेको छ । वैठकलाई सम्बोधन  गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले विकासका सवाललाई मुख्य प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने जनाउनु भयो । विकासका सवालहरु उठाउदा संचारकर्मीले गुणस्तरियता , समय अवधि जस्ता कुराहरु खोजमुलक तरिकाले प्रसारण एवं प्रकाशन गर्नु पर्ने जनाउनु भयो । सत्य , तथ्यमा आधारित रहेर पत्रकारीता गरेमा देशले सहि मोड लिने र दिगो शान्ति स्थापना हुने अध्यक्ष पोख्रेलले बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डेले  पत्रकारीता पेशालाई मर्यादिन बनाउन सञ्चारकर्मीलाई आग्रह गर्नु भयो । शिक्षा , स्वास्थ्य , विकास , महिला ,वालवालिका लगायतका सवालहरुलाई जनसमक्ष पस्किनु पर्ने उहाँले जनाउनु भयो । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले मर्यादित पेशामा रहेर काम गर्ने असल पत्रकारको खोली जहिले पनि हुने बताउनु भयो । पत्रकारीताको मर्यादित पेशाले देशको सुशासनमा ठुलो टेवा मिल्ने उहाँले जनाउनु भयो ।

  कार्यक्रममा चौतारीका   पुर्व अध्यक्ष भेषराज पाण्डेले प्रेस चौतारीले पत्रकारीतामा छुट्टै पहिचान स्थापित गरेकोले यसलाई निरन्तरता दिनु पर्नेमा  जोड दिनु भयो । चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता सचिव बाबुराम रायमाझीको सञ्चालनमा भएको वैठकले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । जस अनुरुप चौतारीका पुर्व अध्यक्ष स्वर्गिय नन्दराम पौडेलको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै स्वर्गिय  पौडेलको  योगदाको उच्च सम्मान गर्दै उक्त अक्षय कोषबाट हरेक वर्ष  नन्दराम पौडेल स्मृति पत्रकारीता पुरस्कारबाट एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गरिने छ ।

त्यसै गरि चौतारीको प्रशिक्षणात्मक भेला यहि आउदो असोज २५ गते  गोरुसिंगेमा गर्ने निर्णय गरिएको छ । चौतारीको रिक्त रहेको कोषाध्यक्ष पदमा  गिता पौडेलाई पदपुर्ति  गरिएको छ । अब प्रेस चौतारीलाई एक ढिक्का भएर अगाडि बढाउने प्रण वैठकमा  गरिएको छ । २०७५ जेठ २ अनुसार प्रेस चौतारी कपिलवस्तुले कार्यान्वयन गरि पुर्ण वैठक बसेको हो । 

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६