प्रदेश

माओबादी केन्द्र कपिलवस्तुको कार्यालय सचिवमा खनाल



कपिलवस्तु १० असोज  नेपाल कम्युनिस्ट पार्टी (माओबादी ) केन्द्र कपिलवस्तुको जिल्ला कार्यालय सचिवमा सरोज खनाल चयन हुनु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा भएको पार्टीको प्रथम बैठकले खनाल लाई कार्यलय सचिवको जिम्मेवारि प्रदान गरेको हो ।

माओबादि केन्द्रका कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु शाहको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णय गर्नुका साथै विभिन्न समिति उप समितिहरु चयन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै स्थाई कमिटि सदस्य तथा लुम्बिनि प्रदेश ईन्चार्ज चक्रपाणि खनाल बलदेवले पार्टी केपि ओलिका कारण फुटे पनि त्यसको कपिलवस्तुमा केहि असर नभएको बताउनु भयो । उहाँले पार्टीका सम्पुर्ण नेता कमरेड हरुलाई नायाँ शैलिमा पार्टीलाई शसत्त ढगंले जिम्मेवार पुर्वक अगाडि बढाउन प्रेरित गर्नु भयो ।

बैठकले माओबादि केन्द्रको जिल्ला स्थित भवन निमार्णका लागि हजरत अलिको संयोजकत्वमा एघार जनाको समिती लाई अगाडि सारेको छ । 

बैठकमा माओवादी केन्द्रका जिल्ला  नेता कमल चुदाली, भनु श्रेष्ठ , राम लौटन तिवारी, भातृ संगठनका पदाधिकारी लगाएतको उपस्थिती रहेको बैठकको सञ्चालन सचिवालय सदस्य देबराज अर्यालले गर्नुभएको थियो ।  

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६