जीवनशैली

माओवादीले बनायो अनिवार्य एक वडा तीन टोल



काठमाडौं १० असोज । नेकपा (माओवादी केन्द्र)ले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीति पनि बनाएको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो नीति बनाएको छ ।चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको माओवादी केन्द्रले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नयाँ नारा पनि तय गरेको छ ।

शर्माका अनुसार एक सेल वरिपरि महिला र युवाको १५–१५ जना रहेको समिति बनाउनुपर्ने नीति पनि तय गरिएको छ । शर्माका अनुसार तीस साख संगठित सदस्य बनाउने लक्ष्यसमेत राखेको माओवादी केन्द्रले ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’को नीतिअनुसार गए सजिलै तीस लाख संगठित सदस्य बनाउन सकिनेछ ।

गत साउन ३० र ३१ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो । लामो समय लथालिंग सांगठानिक अवस्थामा चलेको माओवादी केन्द्रले असोज १० गते देशैभर एकैदिन सबै सेल समिति र टोल भेला गर्ने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रले असोज २० गते वडा र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन गर्ने तय गरेको छ । माओवादीको कार्ययोजना अनुसार कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्नेछ ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६