कपिलवस्तु १० असोज । महिलाको साक्षरता कपिलवस्तुमा सर्वाधिक उच्च रहेको र राजनीतिक चेतना उन्नत रहेको वाणगङ्गाका ११ वडा मध्ये कुनैमा पनि महिलाले नेतृत्वका लागि दाबी नगरेको नेपाली कांग्रेस बाणगंगाले जनाएको छ। चौधौं महाधिवेशनको सरगर्मि बढेको बेला देशव्यापी रुपमा वडा तथा नगरमा पनि उक्तिकै माहोल तातेको छ । कपिलवस्तु जिल्लामा पनी विहिवार देखी वडा अधिवेशन सुरु भएको थियो । सोहि सन्दर्भमा नेपाली कांग्रेस बाणगंगाले चार दिन लागएर सवै वाडाका वडा सभापतिको टुङ्गो लगाएको छ ।तर महिलाले दाबी नै नगरेपछि सवै पूरूसले नेतृत्व हात पारेका छन।
बाणगंगाको वडा न. १ को वडा सभापतिमा राम प्रसाद घिमिरे, वडा न.२ को सभापतिमा हिम बहादुर कार्की , वडा न. ३ को सभापतिमा राजन पाण्डे, वडा न. ४मा चित्र बहादुर खाँड, वडा न. ५को सभापतिमा अनिल भण्डारी , वडा न.६ को सभापतिमा अनिल पाण्डे, वडा न.७ को सभापतिमा शेसकान्त बेल्वासे, वडम न. ८को वडा सभापतिमा जगन्नाथ भण्डारी, वडा न. ९ को सभापतिमा भुवन पौडेल, वडा न.१० को सभापतिमा वेचन हरिजन, वडा न.११ मा नरेन्द्र चौधरी साभपतिमा चयन भएका छन् । शनिबार साँझसम्म बाणगंगा नगरपालिका बाट २७२ जना क्षेत्रीय प्रतिनिधिको लागि छनौट भएका छन् । अब वाणगंगाबाट २८ प्रतिनिधि छान्न बाँकी छ । वडा नम्बर १ मा आज(आईतबार) विहान वाट निर्वाचनको टोलिले सकेसम्म सर्वसहमत प्रतिनिधि छान्ने नभए निर्वचनको माध्यमबाट प्रतिनिधि छान्नका लागि पहल गरेको एक नेताले बताए । नगरको वडा नम्बर २ बाट २८, ३ बाट १९, ४ बाट २९ (वडासभापतिसहित) ५ बाट २७, ६ बाट १७, ७ बाट १९ सभापतिसहित, ८ बाट ३९ जना, ९ बाट २७ जना, १० बाट १९ जना, ११ बाट १९ जना क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् । यस्तै जिल्लाका अन्य पालिकामा पनि वडा अधिवेशन सकिएको छ ।वडाको अधिवेशनमा पनि आकांक्षिहरु बढी भएपछि कांग्रेसलाई निर्वाचन सम्पन्न गर्न हम्मेहम्मे पर्यो । कपिलवस्तुमा आईतवार साझ सम्म वडाको अधिवेशन सक्ने र असोज १२ गते गाउँनगरको अधिवेशन गर्ने तयारी गरिएको छ ।








प्रतिक्रिया