प्रदेश

बाणगंगा सुनचाँदी ब्यवसायीद्धारा अनिता विकको उपचारमा ५० हजार सहयोग



कपिलवस्तु , १०  असोज  सुत्केरीपछि प्राणघातक रोगको सिकार भएकी कपिलवस्तु बाणगंगा वडा न. ८की २२ बर्षिय महिला अनिता विकको उपचारमा सहयोग रकम जुट्न थालेको छ । 

काठमाण्डौँको बासबारीस्थित मंगोलिया न्यूरो हस्पिटलमा उपचाररत विकको परिवारको अवस्थाले धान्न नसक्ने भएपछि विभिन्न अनलाईन तथा रेडियोहरुबाट समाचार संप्रेसण भएपछि उनको उपचारको लागि सहयोग जुट्न शुरु भएको हो । अनिता विकको उपचारमा बाणगंगा सुनचाँदी ब्यवसायी संघ ४ नम्बर जितपुरले अनिताको घरमै पुगेर ५० हजार सहयोग गरेको छ ।

अनिताको स्वास्थ्य लाभको कामना गर्दै संघका अध्यक्ष डिल बहादुर सुनारको टोलीले सो सहयोग अनिताका ससुरालाई हस्तान्तरण गरेका थिए । साथै उनीहरुले विकको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अनिताको उपचारमा अहिले २५ लाख बढी खर्च भइसकेको छ । दैनिक १ लाख खर्च हुने, भेन्टिलेटरमा दैनिक २० हजार वहन गर्न नसक्दा सो परिवार अहिले तनाव ग्रस्त भएको छ।

फलामको काम गरेर जीवन गुजारा गरेको सो परिवारले अहिले चप्परगाउँमा रहेको १० धुर जग्गा र त्यहाँ बनेको घर धरौटीमा राखेर पैसा झिकिसकेको छ । तर पनि उपचारमा अपुग भएपछि सबैसंग याचना गर्नुको विकल्प नरहेको परिवारले बताए । अनिताकी २ महिनाकी छोरी घरमा छिन् भने उनी अस्पतालको भेन्टिलेटरमा जीवन मरणसंग लडिरहेकी छिन् ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६