बुटवल १० असोज ।काँग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीका आकाँक्षी गृहमन्त्री बालकृष्ण खाँणको आफ्नै गृहनगरका १४ वटा पालिकामध्ये महिला सभापति सून्य हुन पुगेको छ। बुटवलमा महिलाले प्रतिस्पर्धा गरेपनि खेलराज पाण्डेको सामू केही चलेन। एकातिर महिला विहिन नेतृत्व चयन भएको छ भने अर्कातिर रुपन्देहीमा पार्टीको संस्थापन र इतर पक्षबीच देखिएको टक्करसँगै बुटवल उपमहानगरपालिकामा भएको काँग्रेस चुनावमा खाँण पक्षलाई नराम्रो झट्का लागेको छ ।
हाल भइरहेको पालिकास्तरीय चुनावमा रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । जिल्लाका १४ पालिकामा भएको निर्वाचनमा दुवै पक्षले आफ्नो जीत भएको दाबी गरेका छन् ।
जिल्लाका १४ वटा पालिकामध्ये आधाको सभापतिमा संस्थापन र आधामा गैरसंस्थापन पक्षले जीतको दाबी गरेका हुन् । पछिल्लो परिणामअनुसार तिलोत्तमा र सिध्दार्थनगर नगरपालिकामा संस्थापन पक्षका नेता खाँणसमर्थित उम्मेदवार विजयी भएका छन् । तर लुम्बिनी प्रदेशको आर्थिक राजधानी रहेको बुटवल उपमहानगरमा भने संस्थापन पक्ष नराम्रोसँग पराजित भएको छ ।
तिलोत्तमा नगरपालिकाको सभापतिमा गृहमन्त्री निकट हरिलाल पाण्डेले जितेका छन् । सियारी गाँउपालिकामा भने अर्का पाण्डेले खाँण विरोधी मोर्चाको नेतृत्व गरेर विजयी भएका हुन् । सियारी र मायाँदेवीमा क्रमशः गोपाल पाण्डे र पदम भण्डारीले पौडेल पक्षको उमेदवारको रुपमा जीत हात पारेका छन् ।
त्यसैगरी सैनामैना,कोतहिमायी, मर्चावारी ओम सतासियामा पनि खाँण बिरोधीले जितेका छन् । देवदह र लुम्बिनी साँस्कृतिक नगरमा संस्थापन निकट विजयी भएका छन् । तीन वटा पालिकाका सभापति कतै पनि खुलेका छैनन् ।
जिल्लाका १४ पालिका सभापतिमा महिला भने शून्य छन् । बुटवलमा एक महिलाले सभापतिमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी छन् । त्यस बाहेक अन्यको सभापतिमा महिलाले उम्मेदवारी समेत नहालेको बताइएको छ।








प्रतिक्रिया