प्रदेश

८४ प्वाईन्ट रगत संकलन गर्दै नेपाल किसान ट्याक्टर समितीले मनायो बार्षिक उत्सव



हर घिमिरे, १० असोज ।  नेपाल किसान ट्याक्टर समिती वाणगंगा कपिलवस्तुले रक्तदान कार्यक्रम  गरेको छ । समितीले प्रत्येक वर्षको असोज १० गते वार्षिक कार्ययोजना अन्र्तगत रक्तदान कार्यक्रम गर्दै आएको समितिले बताएको छ । नेपाल किसान ट्याक्टर समिती वाणगंगा कपिलवस्तुको सभा हलमा विहान ८ बजे देखि १२ बजे सम्म भएको कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् । 

विभिन्न क्लव, संघसंस्थाका प्रतिनिधीले गरेको रक्तदानबाट ८४ प्वाईन्ट रगत संकलन भएको निर्वतमान अध्यक्ष मधु अर्यालले  बताउनुभयो । कार्यक्रम रक्त संचार बुटवल शाखा अध्यक्ष प्रेम उदासको प्रमुख आतिथ्यता, नेपाल किसान ट्याक्टर समितीका अध्यक्ष शंकर प्रसाद पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष मधु अर्याल लगाएतको उपस्थिती रहेको कार्यक्रमको संचालन महासचिव झविन्द्र प्रसाद अधिकारीले गर्नुभएको थियो  ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६