कपिलवस्तु,११ असोज कपिलवस्तुमा ट्रयाक्टरले खेत जोत्ने क्रममा एक युवकको मृत्यु भएको छ । ट्रयाक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको हो ।
लु४त ७९२१ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा रोडावेटरभित्र पर्दा घटनास्थलमै कहाँरको मृत्यु भएको ईप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जानकारी दिनुभयो ।
शव पोष्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाएको छ । ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया