प्रदेश

चीनबाट नेपालमाथी नाकाबन्दीको जस्तो व्यवहार



काठमाडौं ११ असोज। दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।

दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातोपानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ । एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे ।

चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अवरोध सृजना गरिरहेको छ । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन । चीनले नेपालसँगको सीमा नाकामा अवरोध गर्दै आएको छ । यसलाई व्यवसायीले नाकाबन्दीको जस्तै अवस्था भनेका छन् ।

दशैंका सामान चीनबाट ल्याउन व्यवसायी लागेपनि यसपटक पर्याप्त आउन नसक्ने देखिएको छ । यसबाट दशैंका लत्ताकपडालगायतका सामान महङ्गो हुनसक्ने सम्भावना छ । बजारमा सामानको अभाव रहेको भन्दै व्यापारीले मूल्य वृद्धि गरिसकेका छन्।

लत्ता कपडा र जुत्ताका व्यापारीहरु विगत वर्षको तुलनामा आफूहरुले दोब्बर मूल्यमा सामान खरिद गर्नुपरेको बताएका छन् । मूल्य दोब्बर भएर आएपछि सामानको मूल्य पनि बढ्ने उनीहरुको भनाई छ ।

यसैगरी, नेपालबाट चीनमा आयात अझै ठप्प पारिएको छ । चीनले कोरोना भाइरसको जोखिम भन्दै निर्यात गर्न दिएको छैन । यसबाट निर्यातकर्ता व्यापारी मर्कामा परेका छन् ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६