काठमाण्डु ११ असोज– सत्तारुढ गठबन्धनका प्रमुख नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।नेपालको निवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो। नेपाललाई भेट्न प्रचण्ड सोमबार बिहान कोटेश्वर पुगेका थिए। करिब १ घण्टासम्म चलेको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार तथा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा छलफल भएको बताइएको छ ।
११ आश्विन २०७८, सोमबार
प्रतिक्रिया