अर्थ-वाणिज्य

४ स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण,गर्भवति र सुत्केरीलाई सेवा निःशुल्क



कपिलवस्तु १२ असोज। कपिलवस्तुको सुद्धोदन गाउपालिकामा एकै साथ ४ स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गाउपालिकाले एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा बाडमा रहेको स्वास्थय चौकीलाई हस्तान्तरण गरेको हो । यससंगै पालिकामा रहेको ६ वटै वडाका स्वास्थ्य चोकीमा एम्बुलेन्सको सेवा पुगेको छ । 

पालिकामा रहेका जनताको स्वास्थ्य सेवामा पहुच बढाउन गाउपालिकाले एकै पटक चार एम्बुलेन्स चार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । पालिको वडा नम्बर १, २, ४ र ५ वडामा रहेको स्वास्थ्य चौकीलाई सोमवार एक समारोहका बिच एम्बुलेन्स हस्तान्रण गरिएको हो । गाउपालिका प्रमुख निशार अहमद खा, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए

यो चार एम्बुलेन्ससंगै पालिकाका सबै वडामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको पहुच पुगेको गाउपालिका प्रमुख निशार अहमद खाले बताए । यस अघि नै वडा नम्बर ३ र ६ का स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण पछि संचालनमा आई सकेको छ । यस्तै गर्भवति र सुत्केरी महिलालाई सेवा निःशूल्क गरिएको खाले बताए । आफनो पालिका भित्रका सबै वडामा एम्बुलेन्स आए पछि जनता लाभांवित हुने उप प्रमृख सुधादेबी पाण्डेयले बता  ।


प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले भन्सार लगातयका राजस्व छुट गरी आफुहरुले एम्बुलेन्स खरिद गरी ल्याएको बताए । प्रति एम्बुलेन्स १० लाख ६४ हजार ७६५ रुपैया लागत गरी कुल ४२ लाखमा एम्बुलेन्स आएको उनले बताए । उनले गाउपालिका जनता एम्बुलेन्सले लाभांवित हुने उनले बताए  

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६