अर्थ-वाणिज्य

स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन उपलब्ध प्रदान



अर्घाखाँची १२ असोज । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्य चौकीलाई उक्त मेसिन प्रदान गरेको हो । मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्य चौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए ।

मेसिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य स्वासप्रस्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताए । डा टण्डन र डा श्रेष्ठले सो मेसिन वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष  अर्याल र स्वास्थ्य चौकीका प्रमुख दीपक पौडेललाई हस्तान्तरण गरे ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६