कपिलवस्तु, १२ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बरमामा मंगलबार विहानै भएको दुर्घटनामा १५ जना घाइते भएको पाइएको छ । चारनम्वरमा विहान करिव ५ वजे तिर भएको दुर्घटनामा ५ जना घाइते भनिए पनि १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै रहेको सि एण्ड सि अस्पतालले घाइते १२ जनाको उपचार गरी ८ जनालाई डिस्चार्ज गरेको छ भने गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि बुटवल र भैरहवा पठाएको छ ।








प्रतिक्रिया