प्रदेश

कांग्रेस बाणगंगा नगर सचिवमा घिमिरेको उम्मेद्वारी ।



कपिलवस्तु, १२ असोज । नेपाली कांग्रेस बाणगंगा नगर सचिवमा दिवास घिमिरेको उम्मेद्वारी घोषणा भएको छ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुका ९६ वडामा वडा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन घोषणा भएसँगै विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। कपिलवस्तुमा यही असोज १३ गते गाउँ पालिका र नगरपालिकाको अधिवशेन तोकिएसँगै कपिलवस्तु कांग्रेस चुनावमय बनेको छ । वडा अधिवेशनसँगै तातिएको कांग्रेस पालिका अधिवेशन झनै तातेको छ ।

यसैबीच नेपाली कांग्रेस कपिलवस्तुको बाणगंगा नगर सचिव पदमा युवा नेता बाणगंगा वडा न.८का दिवास घिमिरेले  उम्मेद्वारी दिने घोषणा गरेका छन् । 

कपिलवस्तु बाट नेविसंघको राजनीतिमा होमिएका घिमिरेले  कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथौ पारिवारीक पृष्ट भुमिले पनि अहिले सम्म कुनै पदमा दावि नगरि पार्टिलाई सहयोग गर्दौ आएकाले  नगर सचिवमा आफ्नो  दाबी रहेको घिमिरेको भनाई छ ।

घिमिरेले सबैको सम्मानसँगै युवाहरुले पनि भूमिका पाउनु पर्छ र राजनीतिमा युवाहरु आउनु पर्छ भनेर नै आफूले उम्मेद्वारी दिने घोषणा गरेको बताए । 

घिमिरे यस क्षेत्रका विभिन्न संघ सस्थामा आवद्ध रहि अगुवाई गर्दाै आएका छन । उनले  राजनीतिमा युवा अगाडि बढ्नु पर्छ र पार्टिको अग्रणि भुमिकामा आफुले   नगर सचिवमा उम्मेद्वारी दिने र त्यसका लागि सबैसँग सहयोगको लागि अपिल गरेका छन गरेका छन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६