प्रदेश

को को बन्दैछन मन्त्री ?(सुची सहित )



काठमाडौँ १२ असोज  । प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी तिव्र रुपमा गरिहेको छन् । उनको यो तयारीको सारथी सत्ता गठबन्धका दलका शिर्ष नेताहरु रहेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अहिले सत्ता गठबन्धनका दलहरु क–कसलाई मन्त्रिपरिषद्मा पठाउने भनेर तयारी गरिरहेका छन् ।

सत्ता गठबन्धनको सुरुवाती समयमा नै दलहरुबीच मन्त्रालयको भागबन्डा गरिएको भएपनि अहिले त्यो भागन्डामासमेत केही समस्या देखिएको छ । सत्ता गठबन्धन दलका सबै सांसदहरुले मन्त्रिपरिषद्मा जाने इच्छा व्यक्त गरेपछि शिर्ष नेताहरु अहिले दबावमा रहेको छ ।

तर, अहिलेसम्म दलहरुले मोटामोटी आफ्नो दलबाट मन्त्रिपरिषद्मा पठाउनेको नाम तयारी गरिसकेको छ । अहिले शिर्ष नेताहरुले सट लिष्टमा राखेर उनीहरुको नाम फाइनल गर्ने तयारीमा रहेको छ । प्रधानमन्त्रीसहित ८ मन्त्रालयको जिम्मेवारी पाएका कांग्रेसले ५ जना मन्त्री बनाइसकेको छ । भने अब नयाँ ३ जना थप्ने तयारी गरेको छ । त्यसको लागि दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल नाम फाइनल भएको छ । भने अर्को एक जनामा भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये मन्त्री बन्ने भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयको जिम्मेवारी पाएकोमा २ जना मन्त्रिपरिषद्मा पठाइसकेको छ । भने अब ४ जना पठाउने तयारी गरिरहेको छ । त्यसको लागि हरिबोल गजुरेल, महेश्वार गहतराज, शशि श्रेष्ठ, सुरेस राई,अन्जना विशंखे, हरि अधिकारीमध्येबाट ४ जना पठाउने तयारी गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाएकोमा नाम टुङ्गो लगाएर प्रधानमन्त्रीलाई बुझाई सकेको छ । नेकपा एसले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्रीलाई बुझाई सकेको छ । भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने छ ।

जसपाले भने अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाइ सकेको छैन । तर, राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । तर, गठबन्धन दलहरुबीच कुन–कुन मन्त्रालय क–कसले लिने भन्ने विषय टुङ्गो लागेको छैन । शुक्रबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६