प्रदेश

गठबन्धन्ले चुनाव गराए हुन्छ :ओलि



काठमाडौं, १२, असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् । आज ९मंगलबार० विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘प्रतिनिधि सभा चलेन’, उनले भने, ‘ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नु पर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ ।’ उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।
एमसीसीबारे ओलीको उल्टै प्रश्न : ताप्के नताती बिँड मात्र तातेर के हुन्छ ?
ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन बसेको भन्दै आफ्नो मात्र चाहनाले एमसीसी पास नहुने बताएका हुन् । ‘एमसीसीबारे हामीसँग परामर्श गर्नु भएको छैन । सरकारले यसमा रुचि र चासो राखेको छैन । हामीसँग त १०० सिटको हाराहारीमा छ । हामी उफ्रिएर मात्रै के हुन्छ रु’, ओलीले भने, ‘ताप्के नताती बिँड तारेर के हुन्छ ?’

उनले सत्ता गठबन्धनमा १६५ सिट रहेको भन्दै उसले चाहे एमसीसी पास हुने र नचाहे फेल हुने बताए । ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा एमसीसीबारे केही नबोलेकाले आफूले सम्झाएपनि अहिलेसम्म स्पष्ट रूपमा नबोलेको बताए ।

‘एमसीसी गर्ने पार्टी कांग्रेस र माओवादी हुन् । दुईटा गठबन्धनका नाइके पनि हुन्’, ओलीले भने, ‘न्यूनतम कार्यकम र नीति तथा कार्यक्रममा नदेखिएकाले मैले संसद्मा सम्झाएँ । सरकारले बिर्सिएको त होइन भनें । अहिले पनि जान्न चाहन्छु, एमसीसीमा सरकारको के हो दृष्टिकोण रु’ ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न खोजे पनि सभामुखको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका थिए ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६