प्रदेश

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मापदण्ड



काठमाडौं,  १३  असोज । नेकपा (एमाले) को १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गर्दै मापदण्ड बनाएको छ । आज (मंगलबार) एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

उपाध्यक्ष रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन् । ‘जहाँ–जहाँ समस्या छन् त्यही अनुसार समाधान गर्छौ’, उनले भने, ‘नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौं ।’

त्यस्तै बैठकमा विधान महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा देखिएका समस्याहरू समाधानका लागि छलफल भएको उनले बताए । विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको उनले जानकारी दिए । कार्यदलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६