आश्विन १२, कपिलवस्तु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुका ९६ वडामा वडा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन घोषणा भएसँगै विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। कपिलवस्तुमा यही असोज १३ गते गाउँ पालिका र नगरपालिकाको अधिवशेन तोकिएसँगै कपिलवस्तु कांग्रेस चुनावमय बनेको छ । वडा अधिवेशनसँगै तातिएको कांग्रेस पालिका अधिवेशनले झनै तातेको छ ।
यसैबीच नेपाली कांग्रेस कपिलवस्तुको बाणगंगा नगर सचिव पदमा युवा नेता गुरुदेव पौडेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाडौंबाट नेविसंघको राजनीतिमा होमिएका पौडेले कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नगर सचिवमा दाबी गरेको बताए ।
पौडेलले अग्रजको सम्मानसँगै युवाहरुले पनि भूमिका पाउनु पर्छ र राजनीतिमा युवाहरु आउनु पर्छ भनेर नै आफूले उम्मेद्वारी दिने घोषणा गरेको बताए । पौडेल यस क्षेत्रका दर्जन बढी सघं–संस्थामा आवद्ध छन् ।
गरे सम्भव छ राजनीतिमा युवा अगाडि बढ्नु पर्छ भन्ने मान्यताले नै अग्रजको सम्मान गर्दै नगर सचिवमा उम्मेद्वारी दिने र त्यसका लागि सबैसँग सहयोगको लागि पौडेलले आग्रह गरेका छन् ।








प्रतिक्रिया