प्रदेश

नगर सचिवमा झनै प्रतिस्पर्धा , अनुहार फरक तर दावि उस्तै



 कपिलवस्तु, १३ असोज । नेपाली कांग्रेस बाणगंगा नगर सचिव पदमा ४ जना प्रतिस्पर्धीहरु प्रचार प्रसारमा जुटेका छन् । नगर सचिवमा आ–आफ्नो जितको दावि सहित चार जनाले उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका हुन् । जसमा बाणगंगा वडा न। ८ का दिवास घिमिरे, वडा न। ४ का गुरुदेव पौडेल, वडा न। ५ का गोविन्द आचार्य र वडा न। ७ का सुर्य वरालले उमेद्वारी घोषणा गरेको बताएका छन ।

नगर सचिव पदमा चारै जनाले पार्टिमा आ– आफ्नो योगदान रहेको भन्दै उमेद्वारी दिएको जनाएका छन । चारै जान प्रतिस्प्रधीको उत्तिकै चर्चा चलेको छ ।नगर सचिवका लागि दावि गरेका  दिवास घिमिरेले कपिलवस्तुबाट नेविसंघको राजनीतिमा होमिएको बताउदै कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै पारिवारीक पृष्ट भुमिले पनि अहिले सम्म कुनै पदमा दावि नगरि पार्टिलाई सहयोग गर्दौ आएकाले  नगर सचिवमा आफ्नो  दाबी रहेको उनको भनाई छ ।

घमिरेले सबैको सम्मानसँगै युवाहरुले पनि भूमिका पाउनु पर्छ र राजनीतिमा युवाहरु आउनु पर्छ भनेर नै आफूले उम्मेद्वारी घोषणा गरेको बताए । घिमिरे यस क्षेत्रका विभिन्न संघ सस्थामा आवद्ध रहि अगुवाई गर्दै आएका छन । उनले  राजनीतिमा युवा अगाडि बढ्नु पर्छ र पार्टिको अग्रणि भुमिकामा आफुले   नगर सचिवमा उमेद्वारी रहेको र त्यसका लागि सबैसँग सहयोगको लागि अपिल गरेका छन गरेका छन् ।


त्यस्तै अर्का नगर सचिव पदका उमेद्वार सुर्य वराल बि।स। २०५० सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेको र पार्टीको बिभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरी सकेको बताएका छन  । उनले १२ औँ महाधिवेशनमा साविक मोतिपुर ३ मा उपसभापति पदमा रही काम गरि सकेको र  नेपाल यातायात मजदुर सघं कपिलवस्तुको जिल्ला कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय सदस्य, ट्रेड युनियन कांग्रेस कपिलवस्तुको निबर्तमान उपसभापतिका साथै कार्यबहाक सभापतिको जिम्मेवारी समेत कुशलता पुर्वक आफनो जिम्मेवारी निर्वाह गरि गरि सकेको बताए ।

पार्टी भित्र यातायात क्षेत्रमा काम गर्दा बरालले नेपाल इ रिक्सा चालक सघंको आफनै नेतृत्वमा संघ श्रम बिभागमा दर्ता गरी सस्थांपक महासचिव समेत  रहेका थिए ।  हाल वाणगंगा नगर कार्य समितिका सल्लाहकार समिति सदस्य समेत रहेका बराल २०६२÷६३ सालको आन्दोलनमा यस क्षेत्रबाट नेतृत्वदायी भुमिका खेलेका थिए । अग्रजको सम्मान र युवाहरुको सहभागिताका लागी आफनो उमेद्धवारी रहेको बरालको भनाई छ ।

उनले पार्टीको १३ औँ महाधिवेशनमा नगर सचिवमा उमेद्धवारी दिएको भएता पनि सहमतिमा जाने भने पछि  उमेद्धवारी फिर्ता समेत लिएको  स्मरण गराएका छन् । उनले यस क्षेत्रका दर्जन बढि सघं सस्थामा आवद्ध रही काम समेत गरेका छन । आफु अव निरन्तर सक्रिय राजनितिमा लाग्ने भएकाले हालको लागी अग्रजको सम्मान गर्दै नगर सचिवमा उमेद्धवारी घोषणा गरेको र त्यसका लागी सबैले सहयोग गर्न समेत उनले अग्रह  गरेकाछन् । 

त्यस्तै सचिव पदका युवा उमेद्वार तथा पत्रकारिता क्षेत्रमा पनि अनुभव भएका गुरुदेव पौडेलले काठमाडौंबाट नेविसंघको राजनीतिमा आफ्नो स्थान कायम गरेको बताएका छन् । कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नगर सचिवमा दाबी गरेको उनको भनाई छ । पौडेलले अग्रजको सम्मानसँगै युवाहरुले पनि भूमिका पाउनु पर्छ र राजनीतिमा युवाहरु आउनु पर्छ भनेर नै आफूले उम्मेद्वारी घोषणा गरेको बताए ।

पौडेल यस क्षेत्रका दर्जन बढी सघं–संस्थामा आवद्ध छन् । गरे सम्भव छ राजनीतिमा युवा अगाडि बढ्नु पर्छ भन्ने मान्यताले नै अग्रजको सम्मान गर्दै नगर सचिवमा उम्मेद्वारी दिने र त्यसका लागि सबैसँग सहयोगको लागि पौडेलले आग्रह गरेका छन् ।

त्यस्तै सचिव पदका अर्का युवा उमेद्वार गोविन्द आचार्यले तरुणदल कपिलवस्तुबाट आफुले नेपाली कांग्रेसको राजनीति सुरुवात गरेको बताएका छन । उनले जिल्ला गत तहमा राजनितीक पृष्ट भुमिमा आफुले युवा भईकन पनि पार्टिको लागि ठुलो योगदान पुर्याएकोले आफ्नो स्थान कायम गर्नका लागि नगर सचिवमा उमेद्वारी घोषणा गरेको बताएका छन् । आचार्य यस क्षेत्रका दर्जन बढी सघं–संस्थामा आवद्ध छन् । राजनीतिमा युवा अगाडि बढ्नु पर्छ, युवाको भुमिका महत्वपुर्ण छ भन्ने मान्यताले नै उच्च पदस्तको सम्मान गर्दै नगर सचिवमा उम्मेद्वारी दिने र त्यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेको आचार्यले बताए  ।




प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६