प्रदेश

गैंडाको चोरी शिकारीमा संलग्न ८ अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ



कसरा १३ असोज । दुर्लभ एकसिंगे गैंडाको चोरी शिकारीमा संलग्न ८ अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। २०७७ असोजअघि ४ वटा गैंडाको चोरी शिकारी गरी फरार भएका अभियुक्तहरुलाई निकुञ्जले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

विभिन्न मितिमा गैंडा मारेको आरोपमा निकुञ्जले गैंडाकोट नगरपालिका–१ धारापानी बस्ने ३२ वर्षीय चतुरे भनिने गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय कवि भनिने रामकुमार श्रेष्ठ, मकवानपुरको मनहरी गाउँपालिका–४ मसिने टोङग्राङखोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा र सोही ठाउँ बस्ने ३६ वर्षीय दिलबहादुर प्रजा भनिने सिंहराम प्रजालाई पक्राउ गरेको हो।

त्यसैगरी, मकवानपुर साविक सरीखेत–९ बस्ने २९ वर्षीय करण मुक्तान भनिने करण प्रजा, मनहरी गाउँपालिका–४ बस्ने सुरेश प्रजा, सोही ठाउँ बस्ने २७ वर्षीय सरोज मोक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर बस्ने यादव भनिने राजन गुरुङलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

सरोज मोक्तान गम्भीर खालको रोगको बिरामी भएकाले सम्बन्धित वडाध्यक्षको रोहवरमा भनेको बेला अदालतमा उपस्थित हुने गरी घरमा बस्न दिइएको उनले बताए। मंगलबार सार्वजनिक गरिएको अभियुक्तहरुमा यसअघि पनि गैंडा मुद्दामा अदालतमा सजाय काटिरहेका करण प्रजाका बुबा बृन्दासिंह प्रजालाई पनि ल्याइएको थियो।

४ वटा गैंडा मार्न १७ जना संलग्नता देखिएकोमा साउन ३२ गतेदेखि भदौ १० गतेको बीचमा ८ जनालाई पक्राउ गरिएको हो। अन्य ९ जना फरार छन्। ४५ दिनभित्र अदालतमा पेश गर्नुपर्ने भएकाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरुलाई सार्वजनिक गरिएको हो।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६