प्रदेश

पिपरा कोठी महिला सेवा सामुदायिक वनमा नयाँ नेतृत्वको सपथ ग्रहण ।



चारनम्वर, १३ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. २ को पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहमा   निर्वाचित नयाँ नेतृत्वको बुधबार सपथग्रहण गराइएको छ । लामो समयसम्म नेतृत्व विहीन रहेको वनमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको हो ।

नव निर्वाचित समितिलाई निर्वाचन संयोजक सुरेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराए का थिए । सपथ ग्रहण गराउँदै पाण्डेले अब सबै वनको विनास होईन संरक्षणमा जुट्न आग्रह  गर्दै वन सामुदायिक वनले धेरै सम्भावना बोकेको हुदाँ वन संरक्षणमा लाग्न सवै पदाधिकारी ताथा उपभोक्ताहरु लाई आग्रह गरे  । कार्यक्रममा बाणगंगा नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले वनको व्यवस्थापन गर्न सबै लाग्नुपर्ने उनको भनाई छ।

गत ९ गते भएको निर्वाचनले रत्न बहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको थियो। समितिको उपाध्यक्षमा देवमणि बेल्बासे, सचिवमा बाबुराम घिमिरे,  कोषाध्यक्षमा सरोजमणि पौडेल र सह सचिव शंकर कार्की निर्वाचित भएका हुन ।

त्यस्तै सदस्यहरुमा शकुन्तला मरासिनी, गीता नेपाल भट्टराई, शोभाखर घिमिरे, हिरामणि घिमिरे, सपना राना, विमला मल्ल, राजेन्द्र चौधरी, रमेश कार्की, दुर्गादेवी पाण्डे, सोनमति चौधरी निर्वाचित भएका हुन हुन ।

निर्वाचन संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षता, बाणगंगा नगरका प्रवक्ता विष्णु पौडेलको प्रमुख आतिथ्यता र निर्वाचन मण्डल सदस्य हर्कबहादुर कार्कीको स्वागत रहेको कार्यक्रमको संचालन निर्वाचन मण्डल सदस्य जयराज खनालले गरेका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका प्रमुख खिलबहादुर तामाङ, वडा नं. २ का सचिव नरेन्द्र पोखरेल लगायत विभिन्न राजनीति दलका प्रतिनिधि, वनका उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६