अर्थ-वाणिज्य

आदीवासी जनजातीका लागि कांग्रेसले गफ गर्छ, एमालेले काम :अध्यक्ष पोखरेल



कपिलवस्तु १३असोज ।आदिबासी जनजातिहरुको पहिचान र हक अधिकारको लडाईमा नेकपा एमाले सधैब साथमा रहको एमालेका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष झबिलाल पोख्रलेलले बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ बाणगंगा नगरस्तरी भेला तथा अधिबेशनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाले कम्प्युष्टिलाई बलियो बनाउन आदिबासी जनजातिहरुले ईतिहासमय योगदान रहेको चर्चा गर्दै आफ्नो पहिचान जोगाउन सक्रिय भएर लाग्न सुझाब दिनुभयो । 


कांग्रेसले जति गफ दिए पनि कांग्रेस जनताको पक्षमा नरहेको भन्दै आश्वसन र भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै एमालेका नेता एवम प्रदेश सासंद बिष्णु पन्थीले आदिबासी जनजातिहरुको आवाजलाई बुलन्द गर्ने काम एमालेले गरेको बताउनुभयो । उहाले राज्यको मुल प्रवाहमा ल्याउने पार्टी एमाले रहेको भन्दै  देश र समृद्धिको पक्षमा एमालेले लोकप्रिय काम गरिरहेको स्पष्ट पार्नूभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले पार्टीका नगर ईञ्चार्ज एवम बाणगंगाका उपप्रमुख चक्रपाणी अर्याल , नेकपा एमाले जिल्ला सचिवालय सदस्य बिमल सारु , एमालेकी महिला नेतृ रिता थारु , एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डे .लगाएतलले बोल्दै पार्टीमा गोलबन्द भई नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघलाई अघि बढाउन सबै जनजातीलाई आग्रह गर्नु भयो । समुदाय स्तरमा रहेको आदिबासी जनजातिहरुका समस्यालाई समाधान गर्ने गरि बिभिन्न योजनबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैबिच नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ बाणगंगा नगरस्तरी अधिबेशनबाट राम बचन चौधरीको अध्यक्षतामा २५ सदस्यीय नगर  कमिटी निर्माण गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गाहा ,सचिवमा राम नारायण थारु ,सहसचिवमा ईन्दु थापा ,कोषाध्यक्षमा बुद्धि श्रेष्ठ रहनुभएको छ भने बाकी अन्य सदस्य पदमा रहनुभएको छ । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ जिल्ला कमिटिका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिन्द्र बहादुर गुरुङले गर्नुभएको थिया भने स्वागत उमाशंकर चौधरीले गर्नु भएको थियो । 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६