बुटवल असोज १३ । रुपन्देहीको कञ्चन गाउपालिकाका सिता थारुको ख्यालख्यालैमा ज्यान गएको मृतकका श्रीमानले बताएका छन्।श्रीमान र श्रमिती बिच आपसमा ख्याल ख्याल गर्दा जलेर मृत्यु भएको भएको उनले प्रहरीमा बयान दिएका छन्।गत भदौ २५ गते राती सिता थारुको आगोमा जलेर मृत्यु भएको थियो।सिताको मृत्यु भएपछि रन्जीतलाई प्रहरीले गत भदौ २९ गते नियन्त्रणमा लिएको थियो।
सिताको मृत्यु भएपछि प्रहरी नियन्त्रणमा रहेका उनका श्रीमान रन्जीतले ख्यालख्यालैमा सिताको ज्यान गएको बयान दिएका छन्।रन्जीतले प्रहरी सामु सिताले आत्महत्या गर्छु भनेर धम्की दिदै सरिरमा पेट्रोल खन्याएको र आफुले मर्नेभए मर लाईटर दिन्छु भन्दै लाईटर जलाएर दिएपछि उनको शरिरमा आगो लागेको बयान दिएको प्रहरीले बताएको छ।
‘घरमा सधै श्रीमान श्रीमती बिच ख्याल ठट्टा भइरहन्थ्यो, श्रीमतीले सधै म मर्छु भन्थिन, त्यो दिन राती सधै झैं ख्याल ठट्टा भएको थियो, एक्कासी श्रीमती सिता रिसाइन अनि म मर्छु भन्दै घरमा भएको पेट्रोल आफ्नो शरिरमा छर्किन, मैले पनि साच्चै नै मर्ने हौ त भन्दै अलि परैबाट लाइटर जलाएको थिए उनको बयानलाई उद्रीत गर्दै इलाका प्रहरी कार्यालय,सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए।
उनको कुरामा कति सत्यता छ हामी थप अनुसन्धान गर्दै छौं प्रहरी निरीक्षक रिजालले भने । सिता थारुको गत भदौ ३० गते उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो ।घटना पछि आफ्नै ज्वाईले आगो लगाए छोरीको हत्या गरेको भन्दै मृतकका माईतीले प्रहरीमा जाहेरी दिएका थिए।








प्रतिक्रिया