प्रदेश

भन्सार महसुल दरमा सरकारको बिभेदकारी नीति भन्दै उद्योगीको गुनसो



स्पञ्ज आइरन आयात गरि इण्डक्सन फर्नेस मार्फत छड बनाउनुभन्दा बिलेट्स आयात गरि छड बनाउँदा भन्सार महसुलमै ८ देखि १० रुपैयाँसम्म महंगो पर्न जाने उद्योगिहरुको तर्क छ । सरकारको बिभेदकारी ब्यवस्थाबाट इन्डक्सन फर्नेस उद्योगले अस्वस्थ प्रतिस्पर्धा गर्दै अकुत कमाएर सरकारलाई बुझाउने राजस्व रकमसंग भन्सार छुटको रकम एवं बाँकि २४ उद्योगहरु मार्फत प्राप्त गर्दै आएको राजश्व तुलना गर्न नै नमिल्ने गोयन्काको तर्क रहेको छ ।

नेपालमा हाल सञ्चालित ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरु मध्ये बेवल ६ वटाले मात्र स्पञ्ज आइरन आयात गरि इण्डक्सन फर्नेस मार्फत र बिलेट्स गरि दुवै कच्चा पदार्थ मार्फत छड उत्पादन गरेको बाँकि २४ उद्योगले बिलेट्सबाट मात्र छड उत्पादन गर्ने गरेको एभरेष्ट रोलिङका सञ्चालक गोयन्काले बताए ।

नेपालमा हाल वार्षिक ५० लाख मेट्रिक टन फलाम छड उत्पादन गर्ने औद्योगिक क्षमता भएतापनि वार्षिक खपत केबल १२ मेट्रिक टनदेखि १४ मेट्रिक टन मात्र रहेको एस आर स्टीलका सञ्चालक सुरज उप्रेतीले बताए । उप्रेतिका अनुसार तत्काललै खपत बढाउने गरि कुनै नियमनकारी निर्णय एवं सरकारी क्षेत्रमा छलफल नै गरिएको छैन ।

फलामे छड उत्पादन गर्न प्रयोग गरिने बिलेट्स तथा पत्रु पगालेर छड उत्पादन गर्न आवश्यक स्पञ्ज आइरनको आयात गर्दा दुवै कच्चा पदार्थमा साविकमा ४.७५ प्रतिशत सामान भन्सार महसुल लागिरहेको एवं छडमा १६ सय ५० प्रति मेट्रिक टन अन्त शुल्क लागिरहेको ब्यवस्था परिवर्तन गरेर उद्योगिहरु माथि बिभेदको नीति अंगिकार गरेको पिडीत स्टील उद्योगिहरुको तर्क रहेको छ ।

बिलेट्सको आयातमा ४.७५ प्रतिशत भन्सार महसुल एवं भन्सार बिन्दुमै रु २५ सय प्रति मेट्रिक टन अन्तशुल्क लाग्ने ब्यवस्था गरेकाले सो परिवर्तित ब्यवस्थाले पार्ने औद्योगिक, आर्थिक वातावरणीय एवं सामाजिक असरहरु पारेको पिडित उद्योगिहरुको ठहर छ ।नेपालमा भएका बिलेट्स मात्र उत्पादन गर्ने २४ उद्योगहरु मध्ये रुपन्देही जिल्लामा भएका उद्योगहरुमा पञ्चकन्या स्टील, एभरेष्ट रोलिङ इन्डस्ट्रीज प्रालि, एस आर स्टील, विजय श्री स्टील प्रालि,गोयन्का स्टील, सिद्धी लक्ष्मी स्टील, गोयल स्पातहरुले धेरै भन्सार शुल्क तिर्दा नेपालमा रहेका अन्य ६ उद्योगसंग प्रतिस्पर्धा गर्न नसक्ने स्थीति आउने उद्योगि अरुण गोयन्का बताउँछन् ।

उनका अनुसार मात्र स्पञ्ज आइरन आयात गरि इण्डक्सन फर्नेस मार्फत र बिलेट्स गरि दुवै कच्चा पदार्थ मार्फत छड उत्पादन गर्ने ६ उद्योगहरुले प्रति केजी ४ रुपैयाँ बृद्धि गरिसकेका छन् । उपभोक्ताहरुलाई थप शुल्क बृद्धि गरेका तथा भन्सार दर नबढाइएका उद्योग अन्तर्गत, पशुपति आइरन, अशोक स्टील, जगदम्बा स्टील, लक्ष्मी स्टील, अम्बे स्टील, सर्वोत्तम स्टील रहेको उद्योगिहरुले बताए ।

उद्योगि अरुण गोयन्काले ६ वटाले ३ लाख मेट्रिक टन सामान उत्पादन गरेको र अन्य उद्योगले १० लाख मेट्रिक टन उत्पादन गरेको तर सरकारको बिभदकारी नीतिका कारण २४ उद्योगको भन्सार महसुल महंगो भएका कारण उपभोक्ता शुल्क समेत बढी भएका कारण सरकारले बिभेद गरि उद्योग मैत्रि काम नगरेको बताए ।

भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी तिर्थराज पासवानले पहिला अन्तशुल्क कम थियो अहिले बढाएर २५ सय गराएको बताए । पहिला कच्चा पदार्थ र फाइनल गुड्सलाई समान दरबन्दी थियो । अहिले आएर कच्चा पदार्थको घटाइदिएको छ फाइनल गुड्सको अन्तशुल्क बढाइदिएको छ । पासवानले भने, किनकी प्रोसेसिङ हुँदा बिदेशबाट आयात हुने फाइनल गुड्ससंग नेपाली उद्योगले प्रतिस्पर्धा गर्न पाउन भनेर गरिएको हो । तर नीतिगत कुरा हो । माथिबाट जे धारणा आउँछ नीति बन्छ त्यहि हामी लागु गर्ने हो । भन्सार कार्यालयका सुचना अधिकारीले पिडीतहरुले मन्त्रालयमा कन्भीस गर्दा केही सहज हुने बताउँछन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६