रुपन्देही १४ असोज । सैनामैना नगरपालिकाका प्रथम पटक सुनगाभा सिङ्गिङ् आइडल आयोजना भएको छ । सुनगाभा पब्लिक स्कूलले आयोजना गरेको सिङ्गिङ् आइडलको पहिलो राउण्ड सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो अडिसनबाट ८ जना दोस्रो चरणका लागि छनोट भएका छन् ।
सैनामैना नगरपालिकाका विद्यालयमा अध्ययनरत विधार्थीहरुमा रहेको प्रतिभा उजागर र गायन क्षेत्रलाई राष्ट्रियस्तर सम्म आगाडी बढाउने उद्देश्यले सुनगाभा पब्लिक स्कूलले सुनगाभा सिङ्गिङ् आइडल प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य तिलब के.सीले जनाकारी गराउनुभएको छ ।
डिजिटल माध्यमबाट ६२ जना विद्यार्थीहरुले पठाएको भिडियोको आधारमा १० जनालाई पहिलो चरणमा सहभागी गराई ८ जना प्रतियोगीलाई छानी दोस्रो राउण्डमा प्रवेश गराइएको छ ।। जसमा रामापुर माध्यमिक विद्यालयबाट माया बि.सी र मनिष पोख्रेल, श्री सिद्धार्थ मेमोरियल एकेडेमी स्कुलबाट समिक्षा बंम्रेल र सिंजा सिंजाली, सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विद्यालयबाट सागर परियार, विवेक चौधरी, सुगम परियार र सुनगाभा पब्लिक स्कुलबाट अनिशा राना दोस्रो चरणमा प्रवेश गरेका छन् ।
अब ८ जना प्रतिभालाई प्रशिक्षक महागुरु सुरेश सेन्चुरीले टप फाइभ 5 का लागि प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षणबाट निखारिएका ५ प्रतिस्पर्धीलाई फिनालेमा भव्य समारोहका बिच विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले उपाधिसँगै नगद १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो र तेस्रो पुरस्कार क्रमशः १० हजार र ५ हजार र सान्त्वना पुरस्कार नगद २ हजारसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने कार्यक्रम संयोजक मनिष गौतमले जानकारी दिनुभयो ।
बागेश्वरी संगितालय बुटवलका संस्थापक महागुरु सुरेश सेन्चुरीले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ।








प्रतिक्रिया