प्रदेश

रुकुम पश्चिममा दुई समूहबीच झडप, घाइते दुई जनाको हेलिकप्टरमार्फत उद्धार ।



रुकुम,१४ असोज । रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत  कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

आठबिसकोट नगरपालिका(३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि  सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताउनुभयो ।

तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् । 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६