रोल्पा, १४ असोज । रोल्पामा भिरबाट लडेर यो वर्षमात्रै २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।
विभिन्न ठाउँमा भएका अलग अलग घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताएका छन्।
यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेको छ।
ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ।








प्रतिक्रिया