प्रदेश

जनयुद्धमा छुटेकालाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढ्यो : प्रचण्ड



काठमाडौँ, १४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।
पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहिद घोषणा गर्ने र दस्तावेजीकरण गर्ने विषय समेटिएको जानकारी गराए । “विगतमा छुटेका कैयौ पक्षलाई समेटेर जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया पनि अघि बढेको छ । छिट्टै सफलता प्राप्त गर्नेछौँ,” उनले भने ।
अहिले आफूहरू गठबन्धन सरकारमा रहेको र माओवादीले अर्थ र ऊर्जा मन्त्रालय चलाइरहेको भन्दै प्रचण्डले अन्य बाँकी मन्त्रालय आजभोलि नै टुंगो लाग्ने बताए । उनले भने, “गठबन्धनको साझा न्यूनतम कार्यक्रममा पहिलोपटक सहिद, बेपत्ता योद्धा, घाइते अपांगताको बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण र अन्य उपचारका सन्दर्भमा औपचारिक दस्तावेजीकरण भएको छ ।”
सरकारको न्यूनतम साझा कार्यक्रममा जनयुद्धका सहिदहरूको बारेमा सत्यनिरुपण र बेपत्ता आयोगका कामहरूलाई छिटो टुंग्याउने बारेमा औपचारिक र वैधानिक ढंगले निर्णय गरिएको प्रचण्डको भनाइ छ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६