काठमाण्डौ, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। दिउँसो १ बजे बोलाइएको बैठकमा यसअघिझैँ बैठक सुरु हुनासाथ एमालेले अवरोध सुरु गरेको थियो।
एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दालाई लिएर सदनमा छलफल हुन नसक्ने भन्दै अवरोध रोक्न अनुरोध गरेका थिए। तर, अवरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठकलाई निरन्तरता दिएका थिए। बैठकमा उनले राष्ट्रपति कार्यालयको सूचना पढेर सुनाएका थिए।
सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश ९दोस्रो संशोधन० खारेज भएको सूचना र आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको सूचना सुनाएका थिए। यससँगै अर्को बैठक असोज १९ गते बस्ने गरी स्थगित भएको छ।








प्रतिक्रिया