प्रदेश

बुटवल–पाल्पा खण्डमा सुरुङ बनाउन चालु आर्थिक वर्षभित्रै काम सुरु हुने ।



बुटवल,१४ असोज ।  विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणको कामले गति लिने संकेत गरेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ। 

जसका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा ९ कम्पनीले आवेदन दिएका छन्। आवदेन दिएका कम्पनीहरुसँग छलफल भइरहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिए। उनका अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन्। 

उनले अबको तीन महिनामा कम्पनी छनोट हुने बताए। कम्पनी छनोट भएपछि ९ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने सर्त राखिएको छ। सरकारले सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्टाएको छ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्टाएको भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन्।  

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६