विचार/ब्लग

रेविज तथ्य र भय



सुन्दर तरामु sundardadaghare@gmail.com-

-रेविज पशुबाट मानिसमा सर्ने रोग हो । ल्याटिन शब्द “र्याबिर” को अर्थ “क्रोध” बाट रेबिज भन्ने अंग्रेजी शब्द बनेको हो । विशेषगरी बहुलाएको कुकुर वा अन्य शंकास्पद जनावरको टोकाइबाट मानिसमा सर्दछ । लिजा प्रकारको रेब्डो भाइरसले गर्दा लाग्ने यो रेबिज रोगको लक्षण देखिइसकेपछि ३ देखि १० दिन भित्र बिरामीको मृत्यु हुन्छ । त्यसैले रेबिजलाइ प्राणघातक रोग भनिन्छ । रोगी जनावरको र्याल घाउ मार्फत शरीरमा रेबिजका जिवाणु प्रबेश गर्दछ भनेर सन् १८०४ मा जर्मन बैज्ञानिकले पत्ता लगाएका थिए ।यो रोगले छाला मुनिको भित्री तन्तु , मांसपेसी हुदै परीधिय र केन्द्रियस्नायु प्रणालीमा असर गर्दछ । बिस्तारै शरीरका अरु अंगहरुमा असर गरी बिरामीको मृत्यु हुन्छ ।
रेबिज मानब सभ्यतासंगै देखिएको रोग हो । उत्तरपूर्बी अफ्रीकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा ४३०० बर्ष अगाडीको इतिहासमा रेबिज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० बर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकुरले मानिसलाइ टोकेमा वा उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरहरुको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् । हुनत कुुकुर र मान्छेको सम्बन्ध आज भन्दा ९ हजार बर्ष पहिले देखि स्थापित हो भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार जंगली ब्वासोको परीवारबाट कुकुर मानवको परीवारसंग आएको भन्ने कुरा डि एन ए परिक्षणबाट पत्ता लागेको छ ।
रेबिज अन्टार्कटीका महादेश बाहेक १५० राष्ट्रहरुमा पाइन्छन । २० औ शताब्दी अगावै रेबिजको संक्रमण एकदमै धेरै थियो । २० औ शताब्दीको शुरुवातसंगै जनचेतना र खोपको कारण विकशित देश र युरोपमा रेबिजको संक्रमण नाटकीय रुपमा कम हुंदै गयो ।

जसका कारण अष्ट्रेलिया , ताइवान ,साइप्रस ,आइसल्यान्ड,आइरल्याण्ड,जापान,माल्टा ,न्युजिल्यान्ड,वेलायत,पेनिशुला,फिनल्यानड,नर्वे,स्विडेन रेबिज मुक्त देश भएका छन् ।यो रोगबाट मानब मृत्युकाृ ९५ प्रतिशत अफ्रिका र एसियामा रहेको छ । यो रोग लागेका बिरामी मध्ये ४० प्रतिशत १५ बर्ष उमेर मुनिका बालबच्चा प्रभाबित छन । अहिले पनि विश्वभर ५९००० प्रति बर्ष रेबिजका कारणले मर्ने गर्दछन भने नेपालमा बर्षेनी २०० जना ब्यक्तिले ज्यान जाने गर्दछ । ३५ हजार मानिस कुकुरको टोकाइको शिकार हुने गरेका छन् । करीब पचास हजार नागरीक पोष्ट एक्पोजर प्रोफाइलेक्सिस उपचार लिने गर्दछन ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वलाई रेबिज बिरुद्धमा एकता गर्दै सन् २०३० मा कुकुरबाट लाग्ने रेबिजद्धारा मानव मृत्यु शुन्य बनाउने रणनिती लिएको छ ।यसका लागि सन २००७ सेक्टेम्बर ८ मा पहिलो विश्व रेबिज दिवस मनाउन शुरु गरीएको थियो । रेबिज बिरुद्धको खोप पत्ता लगाउन लामो अध्ययन ,लगन , मेहनत गरेका लुइस पाश्चरले मृत्यु वरण गरेको ऐतिहासिक दिन २८ सेक्टेम्बरलाई उनको सम्मानमाविश्व रेबिज दिवश मनाउन थालिएको हो । २८ सेक्टेम्बर २०२१ तदनुसार १२ असोज २०७८ मा “ रेबिज, यथार्थ (Rabies
; Facts, not fear )
 भन्ने नाराकासाथ पन्ध्रौ विश्व रेबिज दिवस मनाउदैछ ।रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र १०० प्रतिशत रोकथाम गर्न सकिने रोग हो ।त्यसैले रेबिज सम्बन्धि तथ्यलाई आम समुदायमा फैलाउदै भ्रम र अन्ँधबिश्वासलाई हटाई बिश्व समाजलाई रेबिज मुक्त गराउने यो बर्षको मुख्य उद्धेश्य छ ।
अहिले सम्मको विश्व इतिहासमा रेबिज लागिसकेपछि उनन्तीस जना ब्यक्ति मात्र बांचेको तथ्याङ्क छ । त्यसैले रेबिजलाइ प्राणघातक रोग भनिन्छ ।

यो रोगको जिवाणु शरीरमा प्रबेश गरेपछि रोगको लक्षण७ दिन देखि बर्षैा सम्म पनि आउन सक्छ । कति समयमा लक्षण देखिन्छ भन्ने कुरा कुकुरले कुन ठाउंमा टोकेको छ , कति ठाउंमा टोकेको छ , कति गहिरो टोकेको छ , लुगा माथिबाट टोकेको छ कि नांगो छालामा टोकेको छ , कस्तो कुकुर वा जनावरले टोकेको छ भन्ने कुरामा निर्भर गर्दछ । यी माथिका घाउको आधारमा पनि उपचार गरिन्छ । करीब ९६ प्रतिशत रेबिज संक्रमित कुकुरको कारणले सार्दछ बांकी ब्वासो,मुसा,स्याल,पm्याउरो,बिरालो वा अन्य मांसहारी जनावरको टोकाइबाट सर्ने गर्दछ ।बिश्व स्वास्थ्य संगठनको प्रतिबेदन बमोजिम बिश्वमा २ अर्ब , अमेरिकामा ७ करोड ८० लाख ,भारतमा २० लाख ,चीनमा २ करोड ७० लाख सामुदायीक कुकुर छन ।रेबिज मानिसलाई मात्रै होईन गाइ, र्भसी ,बाख्रा ,घोडा,सुगुर ,बिरालोलाइ पनि लाग्दछ । रेबिज लागेको कुनै पनि जंगली जनावरसंगको सम्पर्कमा आउंदा सर्दछ ।
रेबिजका विषाणु शरीरमा प्रबेश गरेपछि बिबिध प्रकारका लक्षणहरु देखा पर्दछन । जसमा पहिले टाउको दुख्ने ,ज्वरो आउने ,घांटी जीउ दुख्ने ,सानो कुरामा उत्तेजित हुने , पछि चिडचिडाहट हुने ,अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने ,खाना पानी निल्न नसक्नु, पानीसंग डराउने ,बाक्लो च्यापच्याप लाग्ने र्याल आउनु ,प्रकाश हावा आवाजले शरीरका मासु खुम्चिनु ,कम्पन हुनु,पक्षघात हुनु,कुकुर जस्तो स्वभाब देखाउनु ।
रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र १०० प्रतिशत रोकथाम गर्न सकिने रोग हो । त्यसो भएका कारण यो रोगबाट बच्नु र रोकथामका उपाय अपनाउनु नै उत्तम हो ।

अहिलेको नाराले भने बमोजिम रेबिजको तथ्यलाइ आम रुपमा फैलाउ नडराउ रेबिजबाट बच्न सकिन्छ । समाजमा रहेका अन्धबिश्वास ,गलत धारणा ब्यबहार ,भ्रम ,शंका,आदिलाई हटाउनका लागि सूचना संचार प्रबिधीको अधिकतम प्रयोग गरी सचेतना अभियान संचालन गर्ने । समुदायमा झारफुक देखि संकास्पद जनावरले टोक्दा वा सम्पर्कमा आउदा केहि हुदैन , घरमै पालेको जनावर त हो नि , घाउ निको भइसक्यो जस्ता बिषयलाई नजरअन्दाज नगरी तुरुन्तै आवश्यक उपचारका उपाय गर्नुपर्दछ । बिभिन्न संघ संस्था ,निकायले अभियान थालिसकेका छन । ललितपुर नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज खोप र सडक कुकुरलाई बन्ध्याकरण गर्ने ,बिर्तामोड नगरपालिकाले घरपालुवा कुकुरलाई र छाडा कुकुरलाइ रेबिज खोप लगाउने , घरमा कुकुर पाल्नुपरेमा स्थानिय निकायमा दर्ता गर्ने लगायत बिभिन्न स्थानिय तहहरुबाट थुर्पै सह्रानिय प्रकृया शुरु गरेका छन ।


यसका साथ साथमा संकास्पद जनावरको सम्पर्कमा आएमा वा टोकेमा १० मिनेट साबुन पानी ,एन्टिसेप्टिक औषधिले सफा गर्ने । घाउलाइ टाका नलगाउने ,नदुख्ने औषधी , संक्रमणबाट बचाउन एन्टिबायोटिक औषधी दिने । कुकुरलाई १४ दिन सम्म निगरानीमा राख्ने । पाल्तु जनावर र छाडा कुकुर जनावरलाई रेबिज बिरुद्धको खोप लगाउने । रेबिज शंका लागेका जनावरलाई ,भुस्याहा कुकुरको उचित ब्यबस्थापन गर्ने । पाल्तु जनावरको हेरचाह गर्ने ब्यक्तिलाई अनिबार्य खोप लगाउने ।

रेबिज जस्तो प्राणघातक रोग मुक्त समाज बनाउने १५ औ बिश्व रेबिज दिवश २०२१ जस्तो विश्वब्यापी अभियान एक दिन होइन दिनहु मनाउ ।रेबिजलाई २०३० सम्ममा शुन्यमा पुर्याउने लक्ष्य प्राप्तिका लागि ब्यापक सचेतना अभिबृद्धि गर्ने तथा समुदाय,स्थानीय तहबाटै निति निर्माण गरी कार्यन्वयन गर्नु जरुरी छ ।यो दिशामा आ आफ्नो ठाउबाट अघि बढौ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६