अर्थ-वाणिज्य

गूरूहरूको यात्रा राजनीतिको झोलासित, बिधार्थी लागे माछा मार्न खोलातिर



कपिलवस्तु १४  असाेज  गूरूहरूको यात्रा राजनीतिको झोलासित, बिधार्थी लागे माछा मार्न खोलातिर यो उखान होईन   कपिलवस्तुकाे शिवराज नगरपालिकाका एउटा  विधा लयको यथार्थता हो।  ६ जना शिक्षक  नेपाली काँग्रेसकाे निर्वाचनमा खटिएपछि पढाइ प्रभावित भएसंगै विधार्थी माछा मार्न पुगेका  पुस्टि भएको हो। 

काेभिडका कारण बन्द भएकाे बिद्यालयमा भाैतिक दुरी कायम गरि पढाइ संचालन हुँदै गर्दा बिद्यालय बन्द गरि काँग्रेसकाे अधिवेशनमा सहभागी भएकाे पाईएकाे छ।

स्राेतका अनसार नेपाल आदर्श माध्यमिक बिद्यालय शिबपुरका ६ जना शिक्षक नै अधिवेशन गराउन खटिएका थिए। उनीहरू विहिवार तौलिहवामा हुने सपथपछि वाल्ल विधालय फर्कने वताईएको छ। 

विद्यालयका प्रधानाध्यापक मुक्ति पाेखरेल सहित शिक्षक माेहन पाण्डे , कमल पाैडेल, जीवन खनाल , भिमार्जुन पाैडेल, लिला बहादुर घ.म. काँग्रेस अधिवेशन मै व्यस्त भएका हुन।

एउटै बिद्यालयका धेरै शिक्षक राजनैतिक दलकाे कार्यक्रममा सहभागी हुदा नगरपालिका समेत माैन बसेकाे छ।

यसैगरि नेपाल राष्ट्रिय मा.बि. चनाैटाका प्रअ बल देव लामिछाने मगर, मैनार प्रा बि का प्र अ देब बहादुर जि सि, सरस्वती नि मा बि का शिक्षक डिला राम गैरे सहित अन्य विद्यलयका शिक्षकहरू पढाइ ठप्प गरि काँग्रेशको निर्वाचनमा खटिएका थिए।

शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८-०६-०७ गतेको विज्ञप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्यकारी पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन-पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो।

शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्त गर्दे चुनाबमा सहभागीता जनाएका छन्।

शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ” मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ।

कुनेपनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि सराेकार वाला निकाय माैन बसेकाे छ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६