जीवनशैली

यस्ता छन् मन्त्री परिषद बैठकका ४ निर्णय



काठमाडौं १४ असोज । सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।त्यस्तै इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ । त्यसैगरी विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६