काठमाण्डौ, १५ असोज । नेपाल टेलिकमले शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएको छ ।संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।
सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क रूपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।निःशुल्क सिम कार्डका लागि लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै) नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।








प्रतिक्रिया