कपिलवस्तु १५ असोज ।ज्येष्ठ नागरिक समाजका आस्थाका धरोहर, जिउँदा इतिहास, हामीलाई सत्मार्गमा लगाउने पथप्रदर्शक हुन् ।ज्येष्ठ नागरिकहरुको उमेर ढल्किदै जादा घरले जा र वनले आईज भन्ने वेलामा कष्टकर जिवन विताउनु परेको पटनाकी वृद्ध दुखनी थारुले बताउनु भयो । वुढावुढी भए पछि काम गर्न सकिदैन , आफ्नै शरीरको सरसफाई गर्न समेत सकिदैन , रोगले गाँजेको हुन्छ। ्त्यसैमा पनि घर परिवारले राम्रो स्याहार नगर्ने , झर्किने गर्छन थारुले दुखेसो पोख्नु भयो । ठुलो स्वरले बोल्दा पनि आँखाबाट आँशु बगिरहन्छ , उहाँले भन्नु भयो । गजेहडाकी वृद्ध नाम परिवर्तन -फुलमाया शर्मा _ ले पनि वुढेसकालमा घर परिवारले हेला गर्ने गरेको बताउनु भयो ।
मनको कुरा पोख्न मन लाग्छ , नजिक बसेर मनको बह पोख्ने कोहि हुदैन । आमा वुवाले सानो छदा कति माया गरेर हुर्काउने , पढाउने सबै गरेर सक्षम बनाउछन । तिनै सक्षम छोराले वृद्ध वाउ आमालाई वास्ता गर्दैन , उहाँले भन्नु भयो । छोरीहरु विवाह गरेर जान्छन,छोरा वुहारीहरुले खासै चासो दिदैन । वुढेकालमा धैरै वृद्धहरुले यस्तै दुःख खेप्नु परेको उहाँ बताउनु हुन्छ । सरकारले दिने गरेको मासिक ४ हजार वृद्ध भत्ता पनि आफ्नो हातमा नपर्ने गरेको उहाँको गुनासो छ । ज्येष्ठ नागरिक समिति वाणगंगाका अध्यक्ष भेषराज कुवँरले ज्येष्ठ नागरिकहरुलाई अझै पनि घर परिवारले अपहेलना गर्ने गरेको गुनासो आउने गरेको बताउनु भयो ।
छोराले सम्पत्ति आफ्ना नाममा गराउने अनि वृद्धवृद्धा आमावुवालाई दुःख दिने गरेको बताउनु भयो । सार्वजनिक सवारी साधनमा समेत ५० प्रतिशत भाडामा छुट दिने भनिए पनि छुट नदिएको ज्येष्ठ नागरिकहरुको गुनासो रहेको उहाँले जनाउनु भयो । वाणगंगा नगरभित्र ५ हजार ४ सय ४ ज्येष्ठ नागरिकहरु छन , सबैका समस्या उस्तै छन उहाँले भन्नु भयो । वाणगंगा नगरपालिकाले ९० देखि माथिका ज्येष्ठ नागरिकहरुलाई झुल बितरण गर्ने गरेको छ ।
साथै पुस्ताहस्तान्तरण रकम भनी डेढ देखि ३ लाख सम्म बार्षिक वजेट दिने गरेको छ । उक्त रकमबाट नगरभित्रका सबै ज्येष्ठनागरिकहरु जम्मा गराएर बालवालिकालाई राखी आफ्नो अनुभव र संस्कार सिकाउने गरेको अध्यक्ष कुवँरले बताउनु भयो । जिल्लामा कति ज्येष्ठ नागरिक छन भन्ने बारे तथ्यांक पाउन सकिदैन । जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुमिराम पोखे्रलका अनुसार कुनै पनि पालिकाले तथ्यांक समन्वय समितिको कार्यालयलाई नदिदा जिल्लामा कति ज्येष्ठ नागरिकहरु छन , अवस्था के छ भन्ने हामीलाई जानकारी हुदैन उहाँले भन्नु भयो । २०६८ सालको जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक करिब ३० लाख छन ।
सरकारले गरेको ‘नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण (नेपाल एजिङ सर्भे) २०१४’ ले नेपालका ९१.२ प्रतिशत ज्येष्ठ नागरिकका छोराछोरी आफूसँग नरहेको देखाएको छ । यीमध्ये ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन । सर्वेक्षणमा ८७ प्रतिशत ज्येष्ठ नागरिकले औषधोपचारको सहयोग अपेक्षा गरेका छन । ८० प्रतिशतले सुरक्षित आवास र रुचिअनुसारको खाना तथा ६६.७ प्रतिशतले व्यक्तिगत हेरचाह भएको भए जीवन सुखमय हुने थियो भनेका छन । देशभरका ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्तामा आधारित रहेर सर्वेक्षण गरिएको थियो ।
प्रतिक्रिया