प्रदेश

१६ दिनदेखि बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला



गुल्मी, असोज १५। गुल्मीमा १६ दिनदेखि बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन् । मालीका गाउँपालिका ७ घमिरका ३१ वर्षिय लेखनाथ पन्थीभदौ २८ गते घरपरिवारको सम्पर्क भन्दा बाहिर थिए ।

उनको शव हिजो बुधवार घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताउनुभयो । स्थानीयवासीले दिउँसोपख जङ्गलमा निहुरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पन्थी शारीरिक र मानसिक दुवै रूपमा अशक्त रहेका प्रहरीले जनाएको छ । घरबाट पन्थीको शव आज पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी पाण्डेयले जानकारी दिनुभयो ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६