प्रदेश

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै, को आउलान् नेतृत्वमा ?



१५ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् ।

त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल हुनेछ । प्रत्येक समूहले एक टोली नेता छान्ने छन् र छलफलपछि हलमा टोली नेताले छलफलमा उठेका विषय राख्ने छन् । प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढ्नेछ ।

अध्यक्ष पदमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह मुख्य दाबेदार छन् । उपाध्यक्षहरु तिलक भण्डारी, विजय गौतम र महासचिव उत्तम अधिकारी पनि अध्यक्षका आकांक्षी छन् ।

संगठनमा ४० वर्षे उमेर हद लागु हुनुपर्ने मत राख्दै आएका अर्का उपाध्यक्ष दिपेश पुनले पनि अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले भने  पार्टीे र संगठनले नेतृत्वको जिम्मा दिए पछि नहट्ने छैन । उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा दिपेश ४० वर्षभन्दा कम उमेरका छन् । अध्यक्ष पदका आकांक्षीहरुसँग पार्टी अध्यक्ष प्रचण्डले छलफल गर्दा दिपेश भने सहभागी थिएनन् ।

२१ औं राष्ट्रिय सम्मेलनमा इतिहासमै पहिलोपटक निर्वाचनमार्फत् रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । तामाङ यसपटक अध्यक्षमा दोहोरिने छैनन् । २२ औं राष्ट्रिय सम्मेलनबाट सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६