प्रदेश

उपमहासचिव पद खारेज गर्न एमालेमा विधान संशोधन प्रस्ताव।



काठमाण्डौ , असोज १५  एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा पाँच जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसअघि एमालेमा चार जना उपाध्यक्ष रहेकोमा सङ्ख्याबारे छलफल हुँदै आएको थियो ।

त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव गरिएको छैन । अहिले एमालेमा दुई जना उपमहासचिव छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा पाँच जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी दुई सय २५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ ।

त्यस्तै एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो । तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । 

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६