प्रदेश

प्रचण्डको उद्घोष सबै माओवादी मिलौ फेरी नयाँ खालको जनयुद्ध गरौ



काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटेका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् ।आज (शुक्रबार) काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुष्मनको घेरा तोडेको बताए । प्रचण्डले आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको भन्दै मोहन वैद्य, विप्लब, बाबुराम   लगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ ।’अध्यक्ष प्रचण्डले आफूलाई पहिलो पटक प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्रैबाट षड्यन्त्र भए पनि आफू अहिले त्यसो भन्ने पक्षमा नरहेको बताए । आफूविरुद्ध कहाँ कहाँ बैठक बसेर कसले के ग¥यो भन्ने जानकारी आफूलाई रहेको प्रचण्डले बताए ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६