बुटवल १६ असोज ।सिता भण्डारीको मृत्यू प्रकरणमा रुपन्देहीको मणिग्राम केन्द्र बनाएर केहि दिन यताको धर्ना विरोध प्रदर्शन तथा बन्द जस्ता कार्यक्रम जारी रहेका बीच प्रहरीले मृतकको मोवाइलवाट नयाँ तथ्य फेला परेको जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता भण्डारीको आत्महत्या या हत्या भन्ने बिवाद चलि रहदा प्रहरीले नया तथ्य फेला पारेको छ।
प्रहरीले सुक्रवार जारी गरेको प्रेस नोट मा मृतक सिता भण्डारीको मोवाईल बाट …मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको ”फेला परेको बताईएको छ। प्रहरीले अनुसन्धान बारे जारी गरेको प्रेस नोटमा मृतक सिताले राती १२ बजेर १७ मिनेटमा उक्त सुसाईड नोट पठा एको उल्लेख छ । तर प्रहरीले सिता भण्डारीले उक्त सुसाईड नोट आमा वा बुवा मध्ये कसलाई पठाएको भन्ने खुलाएको छैन्।
प्रहरीले सिता भण्डारीको घटनास्थलबाट बरामद गरिएको आईफोन लाई Digital Forensic Lab -DFL_ मा प्राबिधिक परीक्षणको लागी पठाईएकोमा उक्त आईफोनको नोटमा २० गते राती १२ बजे १७ मिनेटमा लेखिएको सुसाईड नोट फेला परेको प्रहरीले उल्लेख गरेको छ।Digital Forensic Lab -DFL_ बाट प्राप्त Suicide Note मा Romanised नेपालीमा लेखिएको Sms को भाषाशैली र Pattern विगतको मृतकको Sms संग मिल्ने देखिएको प्रहरीले बताएको छ।
गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डीएको अवस्थामा फेला परेकी सिता भण्डारीको न्यायको लागि भन्दै जस्टीस फर सिता भण्डारी भन्ने अभियान सन्चालन गरेर आन्दोलन चलिरहेको छ।२७ बर्षिय सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) समेतको सहयोगमा अनुसन्धान भई रहेको प्रहरीले उल्लेख गरेको छ।
सूरुमा मृतकका बुवा हरी प्रसाद भण्डारीले सिताका श्रीमान टिका पौडेल र आमाजु (दिदी) बिष्णु पौडेलको बिरुद्धमा आत्महत्या दुरुत्साहन जाहेरी दिएको र त्यसका आधारमा श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र आमाजु दिदी विष्णु पौडेललाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि अनुसन्धान भई रहेको मा पुन किटानी जाहेरी दिएका कारण जेठाजु हरि प्रसाद पौडेल समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाएको छ।
प्रतिक्रिया