प्रदेश

परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधि प्रभावकारी ।



काठमाण्डौं, १६ असोज । परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।

अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको बीबीसीले जनाएको छ । यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।

अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनस्मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको जनाएको छ ।

यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।  ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । 

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६