कपिलवस्तु, १६ असोज। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकि अनिता विकको परिवारलाई उपचार सहयोग स्वरुप १ लाख बढि आर्थिक सहयोग गरिएको छ ।
रोटरी क्लव अफ बुटवल डाउन टाउन हिल पर्काको अग्रसरतामा वि.क.को परिवारलाई आज १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको हो ।
क्लवका सहसचिव हरि खरेलले ५० हजार र क्लवका अन्य सम्पूर्ण पदाधिकारीले संयुक्त रुपमा ५१ हजार रकम संकलन गरि सो आर्थिक सहयोग गरेको क्लवले जनाएको छ । क्लवले आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा गर्ने क्लवका सम्पूर्ण पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन् ।
काठमाडौमा उपचाररत विकको जीवन रक्षाका लागी सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान थालिएको छ । पहिले भन्दा अनिताको स्वास्थ्य अवस्था अहिले केही सुधार हुदै गएको पारिवारिक स्रोतले जनाएको छ ।
सहयोग कार्यक्रममा कल्बका अध्यक्ष जिवन कक्षपति, ए.जि. नारायण प्रसाद पन्थ, ए.जि. जिवन अधिकारी लगाएत कल्वका पदाधिकारीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया