अर्थ-वाणिज्य

१ महिनामा १० पालिकामा सुनुवाई गरेको प्रहरीले अव कस्तो सुधार अभियान चलाउला ?



कपिलवस्तु १७ असोज । नागरिक र प्रहरी विचको सम्वन्ध तथा उनीहरुका गतिविलाई लिएर यतिवेला कपिलवस्तुका दशवटै पालीकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् । यो संगै एक महिनामा १० पालिकामा सुनुवाई गरेको प्रहरीले अव कस्तो सुधार अभियान चलाउला ?  भन्ने प्रश्न खडा भएको छ । नागरिक र प्रहरी विचको असल सम्वन्धकै कारण समाजमा हुने अपराधिक घटना न्युनिकरण गर्न टेवापुग्ने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । 


नेपालीका महान चाडपर्व नजिकिएसँगै समाजमा हुने अपराधिक घटना हुन नदिन खवरदारी स्वरुप कार्यक्रम गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्किले प्रहरी मेरो साथी कागजमा मात्र सिमित नगरी नागरिकमा समेत त्यसको अनुभुती भए नभएको जानकारी लिदै समाजमा हुने अपराधिक घटना न्युनिकरण गर्न नागरिककै भुमीका गहन हुने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार लगायतले सव्य, मर्यादित र सुरक्षित समाज निर्माणमा सवैको हातेमालो जरुरी रहेकोमा जोड दिएका छन् । 

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६