प्रदेश

सभामुख घर्तीमगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान



बुटवल १७ असोज लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्तीमगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएकोले विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ सँगै आगामी मंसिर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए ।

२०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन् भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन् ।

विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै तत्कालीन सामना सांस्कृतिक परिवारको केद्रीय संयोजकसमेत बनेका सभामुख एवम् जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्‍याएका छन् ।                                                   २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं। १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । २०७४ फागुन २ गते उनी लुम्बिनी प्रदेश सभाको सभामुखमा निर्वाचित भएका हुन् ।

मोहित श्रेष्ठले गाएको ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’बोलको गीत सभामुख श्रेष्ठले ने लेखेका हुन् ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६