रूपन्देही १७ असोज। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनाधिकृत ढंगले उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरेर नगरभित्रका सडकहरुमा परेका खाल्डा पुर्न थालेको छ।
नगरक्षेत्र भित्र पर्ने तिनाउ नदिमा बन्न लागेको पुल निर्माणका लागि नगरपालिकाले दिएको अनुमती भन्दा बढी उत्खनन गरेपछि निर्माण ब्यवसायीबाट नगरपालिकाले नदिजन्य पदार्थ जफत गरेको थियो।
तिलोत्तमाको वडा नं. ६ मा पर्ने पहुनी नाकाबाट तिनाउ खोलामा निर्माणाधिन पक्की पुल निर्माणका लागि ८ लाख घनमिटर उत्खनन गर्न सहमती दिएको भएपनि निर्माण ब्यवसायी हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. सियारीले अनुमतीभन्दा साढे दोब्बर बढि उत्खनन् गरेको थियो।
उक्त नदिजन्य पदार्थलाई नगरपालिकाले गत असार महिनाको अन्त्यतिर घाटगद्धी गरेकै ठाउमा जफत गरेर राखेको नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाले त्यो बाहेक गत आर्थिक वर्षमा नगरक्षेत्र भित्र पर्ने विभिन्न खोलाका चारवटा नाकाबाट नदिजन्य पदार्थको उत्खनन्को लागि अनुमती दिएको थियो।
नगरपालिकाले अनुमती दिएका वडा नं. १३ को सेमरी, वडा नं. १४ को बाग्धुरा र वडा नं. १ र ८ मा पर्ने सुखौरा खोलाबाट जिल्लामा निर्माणाधिन विभिन्न आयोजनालाई उत्खनन्को लागि अनुमती दिएकोमा ति नाकाहरुबाट पनि अनुमती भन्दा बढि उत्खनन् गरेपछि सबै नाकाहरुमा अनुमती भन्दा बढी भेटीएको नदिजन्य पदार्थ जफत गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए।
नगरपालिकाका अनुसार नगरका महत्वपुर्ण यि ४ वटा नाकाहरु बाट आठ करोड रुपैयामा नदिजन्य पदार्थ उत्खनन्को लागि ठेक्का दिएको भएपनि अनुगमनको क्रममा अनुमतीभन्दा बढि परिमाणको नदिजन्य वस्तु उत्खनन् गरेको पाएपछि जफत गरेको थियो। ति मध्ये जफत गरिएका ३ वटा नाकाको नदिजन्य पदार्थ नगरपालिकाले लिलाम विक्रि गरिसकेको छ।
तर नगरपालिकाले पटक पटक लिलामीका लागि सूचना जारी गरेपनि वडा नं. ६ को पहुनी नाकाबाट जफत गरिएको करीव १२ लाख घनफिट नदिजन्य पदार्थ बिक्रि हुन सकेको थिएन्।
बिक्रिको प्रक्रिया अगाडी बढाउदा पनि पहुनी नाकाको नदिजन्य पदार्थ बिक्रि नभएपछि नगरपालिकाको कार्यपालिका बैठकले नगरभित्रका सडकमा बर्षायाममा पारेका खाल्डा खुल्डी पुर्नका लागि प्रत्येक वडामा बितरण गर्ने निर्णय गरेको थियो।
नगरपालिकाको गत साउन ७ गतेको बोर्ड बैठकले वडा नं १ वडा नं ७ वडा नं ८ वडा नं १२, वडा नं १३ र वडा नं १७ मा प्रति वडा २५० टिप्परका दरले, वडा नं ३ वडा नं ४ र वडा नं १० मा २२५ टिप्पर, वडा नं २, वडा नं ५ वडा नं ९, वडा नं न१५ र १६ मा प्रतिवडा २ सय टिप्परका दरले र वडा नं ६ वडा नं ११ र वडा नं १४ मा प्रति वडा ३ सय टिप्परका दरले नदिजन्य पदार्थ दिने निर्णय गरेको थियो।
नगरपालिकाले वडा नं १३ का अध्यक्ष गणेश न्यौपानेको संयोजकत्वमा नदिजन्य पदार्थ उत्खनन तथा अनुगमन समिती गठन गरेर असोज १२ बाट वडावडामा बितरण गर्न सूरु गरेको थियो।
वडामा बितरण गर्न लागेको पहिलो दिनमै हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी.का नाममा तरुणदलका कार्यकर्ताहरु बासु बस्याल, सुमन बस्याल र शिव कुंवरले अवरोध गरेपछि बितरण रोकेको नगरपालिकाले तेश्रो दिनबाट बितरण सूरु गरेको छ।
प्रतिक्रिया