अर्थ-वाणिज्य

बाल विवाहको पत्याउनै नसकिने नयाँ तथ्य आयो कपिलवस्तुवाट



कपिलवस्तु १८असोज । बाल बिवाह रोक्न कपिलवस्तु नगरपालिकाले रणनीतिक कार्य योजना  बनाउन अन्तिम तयारी गरेको छ । कानुनी रुपमा बाल बिवाह गर्न नपाउने नियम रहे पनि समाजमा अझै बाल बिवाह कायमै रहे पछि नगरपालिकाले बाल बिवाह रोक्न रणनीतिक कार्य योजना बनाएको हो । कपिलवस्तु नगरपालिकाको आयोजना तथा युएनएफपिए र नेपाल परिवार नियोजन संघको सहयोगमा तौलिहवामा आयोजित बाल विवाह अन्त्यकालागि नगरस्तीयर रणनीतिक कार्ययोजना अभिमुखीकरण कार्यक्रममासो बनाउन सूरु गरिएको हो । 

सो अवसरमा उप मेयर लक्ष्मी गुप्ताले कानुनीरुपमा बाल बिवाह गर्न निषेध गरिए पनि समाजमा अझै बाल विबाह कायम रहेको बताउनु भयो  । उहाँले नगरपालिकाको एक्लो प्रयासले मात्र बाल बिवाह अन्त्य हनु नसक्ने भन्दै  गाउँ गाउँमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो  । ‘ बाल विवाह अन्त्यका लागि गाउँ समामजा अभियान नै चलाउनु पर्छ ’ उहाँले भन्नु भयो  ‘ नगरपालिकाले बाल बिवाह रोक्न कार्य योजना सहीतको रणनीति बनाउनमा लागेका छौ ’  ।

सो अवसरमा सहजकर्ता रत्नकाजी बज्राचार्यले कपिलवस्तु नगरपालिकामा १६ हजार ६०५ जना बालबालिका बाल बिवाहको जोखिमा रहेको बताउनु भयो  । सो अवसरमा युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा  अझै पनि ६१ दशमलव ५ प्रतिशत बाल बिवाह रहेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । त्यस मध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन । अधिक बालबिवाह हुने १० जिल्ला मध्ये कपिलवस्तु पनि बढी बालबिवाह हुने गरेको महतोले बताउनु भयो  ।

 नेपालमा भने ४१ प्रतिशत बालबिवाह अझै कायम छ । २०७४ सालमा  बाल विवाह  अन्त्यका लागि ५ बर्षे रणनीतक योजना समेत निर्माण गरिएको थियो । सो अवसरमा नेपाल परिवार नियोजन संघ कपिलवसतुका प्रबन्धक बिष्णु ज्ञवालीले प्रथा, परंपरा र कुप्रचलले नै अझै जिल्लामा बालबिवाह नरोकिएको बताउनु भयो  । ‘ कुप्रथा कायमै छ, शिक्षामा बालिकाहरुको पहुच पुग्न सेकेको छैन, त्यसले बालबिवाह न्युनीकरणमा ठुलो चुनौती देखिएको छ ’ उहाँले भन्नु भयो  । घरमा छोरीहरुलाई कम महत्व दिने र आर्थिक बिपन्नता पनि बालबिवाहको कारक रहेको उहाँले औल्याउनु भयो  ।

बालिकाको सशक्तिकरण, गुणस्तरीय शिक्षा, बालिकाहरुको सहभागीता, परिवार तथा समुह परिचालन  सेवा प्रवाह र कानुन तथा नीतिको सुदृढीकरणले मात्र बालबिवाह न्युनीकरण गर्न सकिने सामुहिक छलफलमा निष्कर्ष निकालिएको थियो । सो अवसरमा बालबिवाह न्युनीकरणमा सबै सरोकारवालाले चासो दिनु पर्ने नगरपालिकाका सामाजि विकास समितका संयोजक प्रकाश गैरेले बताउनु भयो  । बालबिवाहलाई कानुनले निषेध गरे पनि अशिक्षा, अज्ञानता, गरीबी लगायतका कारणले समाजमा अझै बालबिवाहले जरा गाडेको उहाँले बताउनु भयो  । ‘

शिक्षाको पहँुच बढाउन जरुरी छ , यसकालागि सबैले हातेमालो गर्नस पर्छ ’ उहाँले भन्नु भयो  । कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधीहरुले जिल्लामा बालविवाह रोक्ने सामुहिक प्रतिवद्धता जनाएका थिए् । बालविवाहका कारण महिलाको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो असर परेको भन्दै सरोकारवाला जुटेर जिल्लालाई बालविवाह मुक्त बनाउने अभियानमा लाग्नु पर्ने आवश्यक्ता औल्याईएको थियो । कार्यक्रममा बालिकाको शसक्तिकरण, बालिकाका लागी गुणस्तरीय शिक्षा सुनिश्चित, पुरुष तथा बालकहरुको सहभागिताले बालबिबाह न्युनिकरण सकिने सुझाव दिईएको थियो । 

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६