जीवनशैली

७० वर्षमा कोही उम्मेद्वार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने



काठमाडौं, १७ असोज । नेकपा एमालेले ७० वर्षमा कोही उम्मेद्वार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भए पनि पूर्ण कार्यकाल काम गर्न पाउने जानकारी दिए ।

यो व्याख्याले आउँदो दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउने भएका छन् । ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने छ । कार्यकालको बीचमै ७० वर्ष पुगे पनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ’ उनले सुनाए, ‘७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’
यस्तै एक व्यक्तिले दुई पटक भन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।

पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव वषणु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुई पटक भन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । ‘प्रतिनिधिले जिताउँछन् वा हराउँछन् उसको कुरा भयो तर दुईपल्ट मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,’ पौडेलले थपे, ‘यसमा कुनै इफ बट हुँदैन ।’

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६